शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर ओखलढुंगामा एक वृद्धाको मृत्यु,  घर जल्यो

मङ्गलबार, १० भदौ २०७६, १६ : २८
मङ्गलबार, १० भदौ २०७६

ओखलढुङ्गा–ओखलढुंगामा सोमबार बेलुका पानीसँगै परेको चट्याङले लागेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो ।

घरनजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको स्थानीयले बताएका छन् । चट्याङले लागेका मगरलाई स्थानियले उद्धार गरी घरमा ल्याउदै गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए । मृत शवलाई पोष्टमाटका लागी जिल्ला अस्पलात रुम्जाटरमा ल्याईदै छ ।

 त्यस्तै सोमबार नै जिल्लाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा एक स्थानियको घरमा चट्याङ पर्दा टिनको छानो भएको घर जलेको छ । स्थानीय भोला बहादुर गुरुङको घरमा चट्याङ परेर आगलागी हुदाँ घर जलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागीका कारण गुरुङको करिब १ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीको अनुमान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप