बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनाथबालबालिकाको सहयोगार्थ युरोपमा कलाकारको कन्सर्ट

मङ्गलबार, १० भदौ २०७६, १४ : ५७
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं –अनाथ बालबालिकाको सहयोगार्थ सुन्दर र शान्त बालकल्याणकारी संस्था ‘पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर’ ललितपुरले युरोपको बिभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित संस्थाले सांगीतिक टुरको बारेमा जानकारी दियो । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको कार्यक्रममा असोज २७ गतेदेखी कार्तिक ७ गतेसम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलका शहरमा आयोजना हुनेछ । 
टुरमा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र अभिनेत्री वर्षा रावत सहभागी हुँदैछन् । देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरुको आधारभूत आवश्यकता पुरा गरि उनीहरुको शिक्षामा सहयोग पुर्याई भबिश्यमा सक्षम नागरिक बनाउन सहयोग पर्याउने उद्देश्यले संस्थाको रहेको कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा गायक सुगमले समाज सेवाका लागि टुर गर्न पाउदा खुसी लागेको बताए । उनले टुरमा आफ्ना नयाँ तथा पुराना चर्चित गीत राख्ने जानकारी दिए ।
त्यस्तै अभिनेत्री बर्षा राउतले टुरमा बिभिन्न नेपाली गीतमा नृत्य पस्कने बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप