संसदीय समितिप्रति सांसदहरुको बेवास्ता : कोरम नपुग्दा राज्य व्यवस्था समितिको बैठक बस्नै सकेन
उपसमितिको प्रतिवेदन सभापतिलाई बुझाइयो
मङ्गलबार, १० भदौ २०७६, १४ : २३

काठमाडौँ– सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा मङगलबारका लागि बोलाइएको राज्य व्यवस्था समितिको बैठक बस्दै नबसि स्थगित भएको छ ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा नागरिकता विधेयकका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर, समितिमा नौ जना मात्रै सांसद उपस्थित भएपछि बैठक बस्न नसकेको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् । समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार बैठक बस्न १३ जना सांसद आवश्यक पर्छ ।
यसअघि सांसदहरुबीच वैवाहिक अंगिकृत नागरिकतामा विवाद आएपछि समितिले सांसद विजय सुव्वाको नेतृत्वमा समाधान उपसमिति गठन गरेको थियो । सो उपसमितिले सहमति भएका विषयको प्रतिवेदन सभापति श्रेष्ठलाई बुझाएको छ ।
यस्तो छ प्रतिवेदन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग