संसदीय समितिप्रति सांसदहरुको बेवास्ता : कोरम नपुग्दा राज्य व्यवस्था समितिको बैठक बस्नै सकेन
उपसमितिको प्रतिवेदन सभापतिलाई बुझाइयो
मङ्गलबार, १० भदौ २०७६, १४ : २३
काठमाडौँ– सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा मङगलबारका लागि बोलाइएको राज्य व्यवस्था समितिको बैठक बस्दै नबसि स्थगित भएको छ ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा नागरिकता विधेयकका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर, समितिमा नौ जना मात्रै सांसद उपस्थित भएपछि बैठक बस्न नसकेको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् । समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार बैठक बस्न १३ जना सांसद आवश्यक पर्छ ।
यसअघि सांसदहरुबीच वैवाहिक अंगिकृत नागरिकतामा विवाद आएपछि समितिले सांसद विजय सुव्वाको नेतृत्वमा समाधान उपसमिति गठन गरेको थियो । सो उपसमितिले सहमति भएका विषयको प्रतिवेदन सभापति श्रेष्ठलाई बुझाएको छ ।
यस्तो छ प्रतिवेदन





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण