‘वासिङ्टनलाई चीनको भाग्य निर्धारण गर्ने अनुमति छैन’

एजेन्सी– कत्रो साहस ? अमेरिकाले ५ खर्ब ५० अर्ब अमेरिकी डलर मूल्य बराबरको चिनीयाँ आयातामा अतिरिक्त शुल्क लगाउने घोषणा । चीनले अरु ७५ अर्ब अमेरिकी डलर मूल्यका अमेरिकी सामग्रीमा शुल्क लगाउन नपाउने । यो सन्देश संयुक्त राज्य अमेरिकाका नेताहरुको हो ।
अमेरिकाले ३ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्रीको आयातमा शुल्क लगाएको बदलामा चीनले शुल्क लगाएको हो । उसले त्यस कार्यलाई प्रष्ट रुपमा राजनीति प्रेरित र चिडाउने कार्यका रुपमा व्याख्या गरेको छ ।
चीनविरुद्ध अमेरिकी प्रशासनको शुल्क युद्ध (ट्यारिफ वार) राजनीतिक प्रेरित हो भन्नेमा कुनै शंका छैन । यस्ता विषयवस्तुमा वासिङ्गटनले आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग कठिन र सहज कस्तो चाहन्छ । अमेरिकी नेताले ‘हामीलाई चीन चाहिँदैन र चीन बिना नै राम्रो गर्न सकिन्छ’ भनेर गलत दावी गरिरहका छन् । अमेरिकी नेताहरुले दशकौंदेखि चीनले अमेरिकाबाट ठूलो रकम चोरेर लगिएको भन्ने अघिल्ला आरोपहरु पुनः तताइरहेको छन् ।
अमेरिकाले प्रष्टरुपमा व्यापार युद्ध सुरु गरेकाले अमेरिकी कम्पनीलाई चीनको विकल्प खोज्न निर्देशन दिएको छ । यी विसंगतिलाई एकातिर राख्ने हो र अमेरिकी कम्पनीले चिनीयाँ व्यापार साझेदारलाई प्रतिस्थापन गर्न सकेनन् भने धेरै अमेरिकी कम्पनीहरुले निरन्तर चीनमा लगानी विस्तार गरिरहने छन् । यो स्पष्ट छ कि अमेरिका अझै धागोमा सक्षम छैन । यसमा जस्तोसुकै दबाव दिएपनि बेजिङलाई कुनै समस्या हुने छैन ।
सामान्य सत्य के हो भने अमेरिकाले चीनसहित विशेष गरेर विकासोन्मुख देशमा दशकौंदेखि वित्त, प्रविधि, सुरक्षा र ऊनको व्यापारको सबल पक्ष र विशेषअधिकारको फाईदा लिइरहेको छ । उसले यसलाई निरन्तरता दिन चाहिरहेको छ ।
बासिङ्टनले पुनः द्वन्द्व सुरुवात गरेको छ । त्यसलाई बेजिङले जतिसक्दो चाडो ध्वस्त पार्नेछ । तर, तर व्यापार युद्ध चर्काएकाले यो परीक्षा अपरिहार्य भएको छ । यसले देशलाई झनै सबल बनाउनेछ । चीन कुनै पनि देशका लागि कहिले पनि जी हजुर गरेन र यस्तो हुने पनि छैन । अमेरिकाको अन्यायपूर्ण सम्झौतामार्फत यसको भाग्य नियन्त्रण हुँदैन ।
अमेरिका इतिहासको गलत स्थानमा उभिएको छ । ऊ आफैंले लगाएको अदूरदृष्टियुक्त आरोपको नतिजा आफैतिर लाग्नेछ । यसो भएपनि बासिङ्टनले आफ्नो दृष्टिकोण परिवर्तन नगरेसम्म बेइजिङले निरन्तर रोक्न प्रयास गर्नेछ । चिनियाँहरु शान्तिमा विश्वास गर्छन् तर युद्धदेखि डराउँदैनन् । यदि आवश्यक परे आफ्नो मुख्य धेय पुरा नभएसम्म उनीहरु युद्ध गर्छन् । Photo: VCG
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
-
उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
-
सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा
-
सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे
-
‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक
-
बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग