केन्द्रीय संस्करण

नुवाकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

person explore access_timeभदौ १०, २०७६ chat_bubble_outline0
file photo

नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ ।  फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत  नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएकामा खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन ।

विद्यालयबाट फर्केका तीनमध्ये घलेलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । किस्पाङको वडा नं १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त  खोलामा पुल नहुँदा  वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुँदै आएको स्थानीयवासी भीमबहादुर घलेले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.