बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘महिला सांसदको भूमिका राम्रो छ, तर बढाउन आवश्यक छ’

मङ्गलबार, १० भदौ २०७६, १३ : १६
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन मङगलबार यस्तो कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरिन् । उनले भनिन्, ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका निर्वाह गर्नुहोस् कि भोलिका पुस्ताले पनि सम्झिऊन् ।’ 

संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थाका फरक रहेको बताउ“दै उनले अगामी अधिवेशनबाट महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने योजना बनाउन आग्रह गरिन् । उनले सांसदहरुको महत्वपूर्ण जिम्मेवारी संसदीय गतिविधिमा सहभागी हुने भएको बताउ“दै त्यसमा चुक्न नहुने उल्लेख गरिन् । 

राष्ट्रिसभाकी उपाध्यक्ष शशिकला दाहालले संसदीय अभ्यास पुरानो भए पनि कहिलेका“ही स–साना कमजोरी र प्रस्तुतिमा महिला माननीयहरु चुकिरहेको उल्लेख गरिन् । उनले शून्य समय, विशेष समयका विषय र शैलिलाई अधिकतम प्रयोग र सुधार गर्न पनि आग्रह गरिन् ।

कार्यक्रममा संविधानसभााका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय अभ्यासमा प्रभावकारी भूमिका, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन निर्माणको संसदीय चरण र संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले संसदमा प्र्रश्नोत्तर, सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रस्तुति दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप