शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अरिङ्गालको टोकाइबाट विद्यार्थीको मृत्यु

मङ्गलबार, १० भदौ २०७६, ११ : २८
मङ्गलबार, १० भदौ २०७६

बुटवल–अरिङ्गालको टोकाइबाट अर्घाखाँचीको सन्धिखर्क ५ का १५ बर्षीय किशाेर नन्द बहादुर मुखियाको ज्यान गएको छ । 

स्थानीय गोपेश्वर आधारभूत विद्यालयमा कक्षा ५ मा अध्यनरत  नन्द बहादुर स्कुल जानेक्रममा घर नजिकै बलेवाङ स्थित रूखमा चढेर कटहर खानेक्रममा अरिंगालले टोकेको थियो ।

अरिंगालको टोकाईबाट घाईते भएको गाउँलेले देखेपछि मुखियाँलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए । जिल्ला अस्पतालले बुटवल रिफर गरेपनि समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको बताइएको छ ।

उपचार गर्दा गर्दै अचेत भएका  मुखियालाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

 गत पाल्पामा जिल्ला  पनि अरिंगालको टाईकाबाट एक युवा ज्यान गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप