बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डोनल्ड ट्रम्प ईरानी राष्ट्रपति हसन रुहानीसँग भेट्न तयार

मङ्गलबार, १० भदौ २०७६, ०९ : १७
मङ्गलबार, १० भदौ २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू सही समयमा इरानका राष्ट्रपति हसन रुहानीसँग भेट्न चाहेको बताए ।

आइतबार अचानक इरानका विदेशमन्त्री फ्रान्समा आयोजित जीसेभेनको बैठकमा पुगे । त्यसपछि ट्रम्पको यो बयान आएको हो ।

इरानका परमाणु गतिविधिमाथि अंकुश लगाउने सन् २०१५ को सम्झौताबाट गत वर्ष अमेरिका एकतर्फी रुपमा हटेपछि दुई देशबीचको सम्बन्धमा निकै तनाव आएको थियो ।

यद्यपि, सोमबार ट्रम्पले इरानसँग एक नयाँ परमाणु सम्झौताको सम्भावनाको लागि आशावादी भएको बताएका छन् ।

जीसेभेनको संयुक्त पत्रकार सम्मेलनमा फ्रान्सेली नेता इम्यानुएल म्याक्रोंसँग उपस्थित ट्रम्पले भने, ‘जब म साढे दुई वर्ष अघि राष्ट्रपति बनेको थिएँ, त्यतिबेलाको इरान जस्तो थियो अहिले त्यस्तो छैन ।’

उनले भने, ‘म साँच्चै नै मान्छु कि इरान एक महान राष्ट्र हुनसक्छ तर उनीहरुले परमाणु हतियार राख्न सक्दैन ।’

यसअघि सोमबार रुहानीले भनेका थिए, ‘इरानलाई फाइदा पुग्छ भने म जोसँग पनि भेट्न तयार छु ।’

उनले थपे, ‘यदि कसैलाई भेटेर मेरो देशको विकासमा मद्दत मिल्छ, जनताको समस्या हल हुनेछ भनेर विश्वस्त हुन्छु भने यस्तो गर्नबाट म पछि हट्नेछैन ।’

ट्रम्पको यो टिप्पणी जीसेभेन देशको शिखर सम्मेलनको समाप्तिमा आएको हो । यो बैठकमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र अमेरिका समावेश भएका थिए ।

यो बैठकमा विश्व व्यापार, अमेजनको जंगलको आगलागी, युक्रेन, लिबिया, हंगकंगको घटनाक्रमसमेत विभिन्न मसलामा कुराकानी भयो ।

वास्तवमा इरानसँग परमाणु सम्झौताबाट अलग्गिएपछि अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।

यो सम्झौतामा ब्रिटेन, फ्रान्स, जर्मनी, रुस र चीन पनि समावेश छन् । यी देशले परमाणु सम्झौतालाई बचाउने पूरा कोसिस गरे ।

गत आइतबार इरानका विदेशमन्त्री मोहम्मद जव्वाद जरिफले बैठकबाहेक फ्रान्सका विदेशमन्त्री र फ्रान्सेली राष्ट्रपति म्याक्रोंसँग उनको कुराकानी निकै सकारात्मक भएको बताए ।

यो सम्झौतालाई बचाउनका लागि म्याक्रोंले निकै सक्रिय भूनिका निभाएका थिए । उनले ट्रम्प र रुहानीबीच भेटघाटको स्थिती बनेको  बताएका छन् ।

उनले भने, ‘अहिले सबै कुरा निश्चित भएको छैन र स्थिती अहिले पनि नाजुक स्थितीमा छ तर केही प्राविधिक मसलामाथि कुराकानी सुरु भइसकेको छ र त्यसमा प्रगती भइरहेको छ ।’

म्याक्रोंले भने, ‘यदि उनी राष्ट्रपति ट्रम्पलाई भेट्न राजी भए भने मलाई लाग्छ कि कुनै सम्झौतामा पुग्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप