भारतका पूर्वप्रधानमन्त्री सिंहको विषेश सुरक्षा व्यवस्था फिर्ता
नयाँ दिल्ली- भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको विषेश सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको छ ।
“विषेश सुरक्षा बल (एसपीजी)” का रुपमा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन् ।
भारतमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र उनका परिवारका सदस्यहरूलाई विषेश सुरक्षा बल प्रायः खटाउने गरिएको छ ।
उनलाई अब दोस्रो उच्चस्तरको सुरक्षा व्यवस्था मानिने जेड प्लस सुरक्षा सेवा प्रदान गरिने भएको छ ।
अहिलेसम्म उनलाई दिइदै आएको सुरक्षा सेवामा पुर्वविचार गरिएको सरकारी अधिकारीको भनाई छ । यसलाई सुरक्षा निकायहरुले व्यवसायीक दृष्टीकोणबाट लिनु पर्ने बताएका छन् ।
सिंहले प्रधानमन्त्रीको दुई बर्षे कार्यकाल पुरा गरेर सन् २०१४ मा विदा लिएका थिए । बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि प्रधानमन्त्री बनेका थिए । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन