काश्मिर समस्याबारे नरेन्द्र मोदीसँगको भेटमा अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो टिप्पणी
बियारिज-भारतीय सरकारले काश्मिर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।
काश्मिर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले महशुस गरेको राष्ट्रपति ट्रम्पले फ्रान्सको वियारिजमा भइरहेको जी–सेभेन सम्मेलनका अवसरमा बताएका हुन् ।
यसै महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले आवश्यक परे काश्मिर बिषयमा अमेरिकाले मध्यस्थता गर्ने बताएका थिए ।
तर फ्रान्समा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि उनले भने, “काश्मिर समस्या विल्कुल भारतको नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्नुभयो ।”
भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भारत–प्रशासित काश्मिरको विशेष अधिकारलाई खारेज गरी अगस्ट ५ केन्द्र सरकारको मातहतमा राखेको थियो । उक्त घटनाप्रति पाकिस्तानले विरोध जनाउँदै आएको छ ।
ट्रम्पले प्रधानमन्त्री मोदीसँग काश्मिर सम्बन्धमा आइतबार लामो कुराकानी गरेको बताए । प्रधानमन्त्री मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग फोनमार्फत कुरा गरेपछि काश्मिरमा भयावह अवस्था रहेको भन्दै मध्यस्थताका लागि आग्रह गरेका थिए । -एएफपी/Photo: narendra modi (twitter)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा सुधारको कार्य योजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
-
लुम्बिनी प्रदेश सभा बैठक सुरु
-
१७ वर्षपछि घरेलु क्रिकेटमा फर्कन बाध्य भारतीय टोलीका कप्तान
-
भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना
-
लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)
-
औपचारिक रूपमै समातिए दक्षिण कोरियाली राष्ट्रपति येओल