शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पेट्रोलियम सप्लाई रोक्ने चेतावनी दिँदै मजदुरहरुद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

सोमबार, ०९ भदौ २०७६, २३ : २२
सोमबार, ०९ भदौ २०७६

काठमाडौं- पूर्व माओवादी निकट मजदुरहरुले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने  चेतवानी दिएका छन् ।  अखिल नेपाल पेट्रोलियम मजदुर संघले विज्ञप्ती निकाल्दै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने  चेतवानी दिएका हुन् । 

अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रिय अध्यक्ष शिव पोख्ररेले विज्ञप्ती माफत ११ सुत्रे माग राखेर आन्दोलनका घोषणा गरिएको जानकारी गराएका छन् । सम्पुर्ण प्रतिष्ठान (पेट्रोलपम्प) समाजिनक सुरक्षा कोषमा सुचिकृत हुन पर्ने, मजदुरलाई नियमित रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने, काम सुरु गरेको मिति देखि नै लागू हुने गरि तलवको १०५ रकम सञ्चय कोषमा जम्मा गर्नु पर्ने , सात लाख बराबर दुर्घटना र एक लाख बराबर औषधी उपचारको बीमा गर्नुपर्ने , २०७५ श्रावन १ गते देखिनै लागू हुने गरि न्युनतमा पारिश्रमिक १३ हजार ४ सय ५० कायम हुनु पर्ने ,न्युनतम तलब भन्दा बढी खाईपाई आएको तलबमा रु ३ हजार ७ सय ५० बृद्धि गर्नुपर्ने, प्रत्येक महिना तलवको ८.३३ ५ रकम उपदान वापतको रकम दिनुपर्ने, आठघण्टा भन्दा वढि काममा लगाउँदा ओभरटाईमको सुविधा हुनु पर्ने लगायतको माग रहेको विज्ञप्तीमा उलेख गरिएको छ ।  आन्दोलन घोषणा संगै  केहि दिनमै उपत्यकामा पेट्रोलियम पदार्थको अभाव हुने देखिएको छ ।


अखिल नेपाल पेट्रोलीयम मजदुर संघर्ष समितिका संयोजक लक्ष्मण न्यौपानेले नेपाल सरकारले २०७५ श्रावन ३१ गते राजपत्र प्रकाशित गरि श्रावन १ गते देखि लागु हुने गरि श्रमिकको खाईपाई आएको तलवमा ३८.६७ प्रतिशत अर्थात ३७५० वृद्धि गरि वैंक मार्फत भुक्तानी गर्न निर्देशन गरि सकेको साथै श्रम ऐन २०७४  भाद्र १९ गते देखि लागु हुने गरि सवै क्षेत्रमा कार्यरत्त श्रमिकहरुलाई श्रम ऐनले ब्यवस्था गरेका सवै सेवा सुविधा प्रदान गरि कार्यान्वयन गर्न सवै  उद्योग, प्रतिस्ठानहरुमा निर्देशन गर्दा पनि कार्यान्वयनन नगरेको भन्दै आन्दोलनको घोषण गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप