कर्णाली प्रदेशसभामा महिलाका आवाज
सर्खेत – कर्णाली प्रदेशका महिला सदस्यले प्रदेशलाई महिलामैत्री बनाउनका लागि महिलाका सवाललाई जोड दिने गरेको बताएका छन् । बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाका सवालमा आवाज उठाएका उनीहरुको भनाइ छ ।
क्रियाशील पत्रकार महिलाले आयोजना गरेको कर्णालीका महिला सदस्यले सभामा उठाएका सवाल विषयक सन्डे क्लबमा उपसभामुख पुष्पा घर्तीले अधिकांश महिला सदस्यहरुले हरेक बैठकमा महिलाका सवाल उठाएको बताइन् ।
महिला हिंसाका विभिन्न विषयलाई सभामा उठाउने गरेका उनको भनाइ थियो । ‘हरेक बैठकमा महिलाका मुद्दाहरु उठान भएका छन्’, उनले भनिन् ,‘महिलाले भोग्नुपरेका पीडा र समाधान गर्नुपर्ने विषयलाई पनि बैठकमा उठाइने गरिएको छ ।’
त्यसैगरी महिलामैत्री प्रदेशसभा बनाउनका लागि सभापति शब्द हटाएर अध्यक्षलाई प्रयोग गर्ने गरी अभ्यास भएको उपसभामुख घर्तीले बताइन् ।
प्रदेससभा सदस्य सीता नेपालीले महिलाका विषयमा महिलाले नै सवाल उठाउनुपर्ने अवस्था रहेको बताइन् । महिलाका सवाललाई पुरुषले चासोका साथ नउठाउने प्रवृत्ति भएकाले यसको अन्त्य गरिनुपर्ने धारणा राखिन् ।
सभामा महिला सदस्यले जति नै महत्वपूर्ण सवाल उठाए पनि ती विषयलाई महत्वका साथ प्रकाशन र प्रसारण नभएको उनको भनाइ छ । महिला सदस्यहरु समानुपातिकबाट आएको हुनाले प्रत्यक्ष र समानुपातिकबाट आएका सदस्यबीच विभेदपूर्ण व्यवहार भएको उनको बुझाइ छ ।
‘हाम्रा निर्वाचन क्षेत्रमा बजेट बाँडफाँटमा विभेद गरिएको छ’, नेपालीले भनिन् , ‘प्रत्यक्ष र समानुपातिक सदस्यको निर्वाचन क्षेत्रमा हेर्ने हो भने बजेट बाँडफाँटमा असन्तुलन छ ।’ यही विभेदपूर्ण व्यवहारलाई पनि बैठकमा उठाएको उनको भनाइ थियो ।
प्रदेशसभाले बनाउने विभिन्न विधेयकमा संशोधन हाल्नाका साथै महिलाको दृष्टिकोणले अध्ययन गर्ने गरेको नेपालीले बताइन् । सभामा महिला हिंसाका विषयदेखि विकास निर्माणका विषयहरु उठाउने गरिएको सांसद उनले बताइन् ।
कार्यक्रममा सुर्खेतस्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी
-
केवाईसी रुजु गर्ने वालेटकै कर्मचारी पक्राउ
-
विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ
-
१६ दिन थुनामा रहेका पूर्वमन्त्रीले पाए क्लिनचिट, दुई अभियोगमा मुद्दा लाग्ने यी हुन् ११ प्रतिवादी