शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा टाटाको यस्तो छ अविश्वसनीय अफर

सोमबार, ०९ भदौ २०७६, १९ : ५९
सोमबार, ०९ भदौ २०७६

काठमाण्डौं– टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा  मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ। 

सिप्रदीका अनुसार नाडा अटो शोमा टाटा एच फाइभ, टाटा एनआरजी, टाटा टिगोर, टाटा टियागो र टाटा नेक्सन बिक्रीमा राखिदैँ छन्। नाडा अटो शोमार्फत् टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ।

सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन् तथा लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन्।

नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन्। 

त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडीहरू डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन्। 

त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ ईन्चको स्काइवर्थ स्मार्ट टेलिभिजन जित्नेछन्।

४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस् लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप