सामसङ्ग आर सिरिज टिभी सार्वजनिक, लाइभ टेलिकास्ट र रिमोट पिसीसहितको विशेषता
सोमबार, ०९ भदौ २०७६, १९ : ४०

काठमाडौं–सामसङ्गले नेपालमा लाइभ टेलिकास्ट र रिमोट पिसी विशेषतासहितको नयाँ सामसङ्ग आर सिरिज टिभी सार्वजनिक गरेको छ ।
गोल्छा अर्गनाइजेशनका प्रबन्ध निर्देशक शेखर गोल्छा र सामसङ्गका भाइस प्रेसिडेन्ट यूबी वनले सोल्टी क्राउन प्लाजामा सो टिभी सार्वजनिक गरेका छन् ।
लाइभ टेलिकास्ट र रिमोट पिसी जस्ता विशेषता भएको नयाँ सामसङ्ग आर सिरिज टिभी नेपालीमाझ लोकप्रिय हुने विश्वास कम्पनीको छ ।