नाट्टा संघिय स्वरुपमा रुपान्तरण, बाँके च्याप्टरको स्थापना

काठमाडौं– मुलुक संघियतामा गई सकेपछि नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पनि आपूmलाई संघिय स्वरुपमा रुपान्तरण गरि प्रत्येक प्रदेशहरुमा नाट्टाको संजाललाई विस्तार गरि सकेको छ ।
यसै अनुरुप हालै नाट्टा प्रदेश ५ अन्तर्गत बाँके जिल्लामा रहि टूर्स एण्ड ट्राभल व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटेर नाट्टा बाँके च्याप्टरको स्थापना गरिएको छ ।
सो बाँके नाट्टा च्याप्टरको स्थापना र घोषणा कार्यक्रममा नाट्टा प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नेपालमा पर्यटन व्यवसाय र विशेष गरि ट्राभल्स टूर्स व्यवसायमा नाट्टाको संलग्नता र महत्व बारेमा प्रकाश पार्नुका साथै उपस्थित व्यवसायीहरुको विभिन्न जिज्ञासाहरुमा अन्यरकृया भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै नाट्टा प्रदेश ५ का प्रमुृख सल्लाहकार तथा भिजिट नेपाल २०२० प्रदेश ५ का संयोजक माधव नेपालले नेपाल सरकार र नीजि क्षेत्रविच आपसी सहकार्य र सहयोग पर्यटन क्षेत्रको एक उदाहरणीय समन्वय भएको बताए ।
नाट्टा प्रदेश ५ का महासचिव चन्द्र बहादुर थापाले यस प्रकारको च्याप्टर स्थापनाले व्यवसायीहरुलाई एकताबद्ध गर्न र उत्पन्न समस्याहरुलाई सामूहिक रुपमा समाधान गर्न सघाउ पुग्ने जानकारी गराए । उक्त कार्यक्रममा नाट्टा प्रदेश ५ का पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बृहत छलफलबाट निम्नानुसार १३ सदस्यीय नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाके च्याप्टर तदर्थ समितिको घोषणा गरिएको छ । जसमा अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्षमा डिल्लीराज रेग्मी, महासचिवमा झविलाल शर्मा लगायत १३ जना सदस्यीय समिति चयन भएको छ ।
यस च्याप्टरले बाँके लगायत आसपासका क्षेत्रहरुमा रहेका पर्यटन स्थलहरुको विकाश र प्रवद्र्धन गर्न एंव संघारमा रहेको नेपाल भ्रमण बर्ष २०२० लाई आन्तरिक पर्यटनमा सघाउ पुर्याउन यो च्याप्टरको महत्वपूर्ण योगदान रहने कुरामा नाट्टा केन्द्रले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने