मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नाट्टा संघिय स्वरुपमा रुपान्तरण, बाँके च्याप्टरको स्थापना

सोमबार, ०९ भदौ २०७६, १९ : १८
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– मुलुक संघियतामा गई सकेपछि नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पनि आपूmलाई संघिय स्वरुपमा रुपान्तरण गरि प्रत्येक प्रदेशहरुमा नाट्टाको संजाललाई विस्तार गरि सकेको छ । 

यसै अनुरुप हालै नाट्टा प्रदेश ५ अन्तर्गत बाँके जिल्लामा रहि टूर्स एण्ड ट्राभल व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटेर नाट्टा बाँके च्याप्टरको स्थापना गरिएको छ । 

सो बाँके नाट्टा च्याप्टरको स्थापना र घोषणा कार्यक्रममा नाट्टा प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नेपालमा पर्यटन व्यवसाय र विशेष गरि ट्राभल्स टूर्स व्यवसायमा नाट्टाको संलग्नता र महत्व बारेमा प्रकाश पार्नुका साथै उपस्थित व्यवसायीहरुको विभिन्न जिज्ञासाहरुमा अन्यरकृया भएको थियो । 

उक्त कार्यक्रममा बोल्दै नाट्टा प्रदेश ५ का प्रमुृख सल्लाहकार तथा भिजिट नेपाल २०२० प्रदेश ५ का संयोजक माधव नेपालले नेपाल सरकार र नीजि क्षेत्रविच आपसी सहकार्य र सहयोग पर्यटन क्षेत्रको एक उदाहरणीय समन्वय भएको बताए ।

नाट्टा प्रदेश ५ का महासचिव चन्द्र बहादुर थापाले यस प्रकारको च्याप्टर स्थापनाले व्यवसायीहरुलाई एकताबद्ध गर्न र उत्पन्न समस्याहरुलाई सामूहिक रुपमा समाधान गर्न सघाउ पुग्ने जानकारी गराए । उक्त कार्यक्रममा नाट्टा प्रदेश ५ का पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा बृहत छलफलबाट निम्नानुसार १३ सदस्यीय नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाके च्याप्टर तदर्थ समितिको घोषणा गरिएको छ । जसमा अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्षमा डिल्लीराज रेग्मी, महासचिवमा झविलाल शर्मा लगायत १३ जना सदस्यीय समिति चयन भएको छ ।

यस च्याप्टरले बाँके लगायत आसपासका क्षेत्रहरुमा रहेका पर्यटन स्थलहरुको विकाश र प्रवद्र्धन गर्न एंव संघारमा रहेको नेपाल भ्रमण बर्ष २०२० लाई आन्तरिक पर्यटनमा सघाउ पुर्याउन यो च्याप्टरको महत्वपूर्ण योगदान रहने कुरामा नाट्टा केन्द्रले विश्वास लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप