बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मनसुनको साथी – छाता

सोमबार, ०९ भदौ २०७६, १५ : ५२
सोमबार, ०९ भदौ २०७६

मनसुन यस्तो सिजन हो जसमा घाम र पानीको कुनै ठेगान हुँदैन । कतिबेला पानी दर्कन्छ र घाम चर्कन्छ, त्यसको अत्तोपत्तो हुँदैन । मज्जाले घाम लागेको देखेपछि घरबाट निस्किएका मानिसहरु बीच बाटोमै निथ्रुक्कै भिज्न सक्छन् । यस्ता भोग्ने मानिसहरुलाई कम्ता रिस उठ्दैन । 

घर बसेका बेला झ्यालबाट पानी परेको दृश्य हेर्दा कसलाई आनन्द नलाग्ला  तर बाहिर हिँडेकालाई लाग्दो हो, ‘कति पानी पर्न सकेको ?’ ।

तर यो बेठेगानको मौसमसँग रिसाउनेहरुलाई एउटा कुराले खुसी दिलाउन सक्छ र त्यो हो छाता । यदि मनसुनमा घरबाट निस्कँदा छाता बोक्नुभएको छ भने पानी परेको खण्डमा यसले भिज्नबाट त जोगाउँछ नै, पानी नपर्दा जुन प्रचण्ड घाम लाग्छ त्यसबाट पनि राहत दिन्छ ।

यही मनसुनलाई थिम बनाएर ललितपुरस्थित लबिम मलमा विभिन्न रङका छाताहरुलाई डोकोरेशनको रुपमा राखिएको छ । मलभित्र छिर्नेबित्तिकै एउटा ठूलो छाता देख्न सकिन्छ । विभिन्न बत्ती जडान गरेर चम्किलो पारेर राखिएको उक्त ठूलो छाता आकर्षणको केन्द्रमा छ ।  उक्त छाताको अगाडि उभिएर धेरैले फोटोसमेत खिचाउने गरेका छन् । 

यसका साथै यहाँ रातो, निलो, हरियो, पहेँलो रङ मिसिएका थुप्रै छाता झुण्ड्याइएका छन् । जसले त्यहाँको दृश्य निकै मनमोहक बनाएको छ । उक्त छातालाई पृष्ठभूमी बनाएर कतिले सेल्फी त कतिले फोटो खिचेका छन् । कति भने त्यहाँको माहौल हेरेरै पनि दङ्ग छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप