पुडासैनी मृत्यु प्रकरणः प्रहरीले जुटायो १०० प्रमाण

चितवन– चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानसहित युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’विरुद्धको अभियोगपत्रमा एकसय वटा दशी प्रमाण जुटाएको छ ।
दशीको समान वा कसुरसँग प्रमाण लाग्ने अरु चीज बस्तु भन्दै प्रहरीले विभिन्न कागजात दशी प्रमाणका रुपमा जुटाएको हो ।
जसमा बासुप्रसाद पुडासैनीको जाहेरी दरखास्त पाना २ सहित घटनास्थल एवं लास जाँच मुचुल्कासहित अनुसन्धान अधिकारीहरुको आचारसंहिता, शालिकराम पुडासैनीको कल कल डिटेल तथा म्यासेज, शव परीक्षण प्रतिवेदनहरु र विभिन्न अनुसन्धानका प्रतिवेदनहरु रहेका छन् ।
त्यस्तै पक्राउ पुर्जी प्रतिवादीहरुको स्वास्थ्य परीक्षण प्रतिवेदन,प्रतिवादीहरुको नागरिकताको फोटोकपी,प्रहरी प्रधान कार्यालय कार्य एव् अपराध अनुसन्धान विभागको परीक्षण प्रतिवेदन, प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहकको प्रतिवेदन, साउन ३० गते पक्राउका लागि पठाएको पत्र, प्रहरी निरीक्षक दयाकृष्ण भट्टको प्रतिवेदन लगायत छन् ।
शालिकराम साउन २० गते चितवनको एक होटल मृत अवस्थामा फेला परेका थिए ।
शालिकरामले मर्नुअघि रेकर्ड गराएको भिडियोमा लामिछानेसहित तीन जनाको नाम उल्लेख रहेको पाइएपछि साउन ३० गते उनीहरु काठमाडौंबाट समातिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिंहासन ढल्यो तर मानसिक दासत्व अझै बाँकी छ
-
सशस्त्र र नेपाल प्रहरीको विधेयकमा आधा दर्जन ‘दोहोरोपन’
-
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि