शालिकराम पुडासैनी मृत्यु प्रकरणः यस्तो छ होटल सञ्चालकदेखि कर्मचारीसम्मको बयान
काठमाडौं– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित होटल कंगारुका सञ्चालक यज्ञ बहादुर कार्कीले घटना के कसरी भयो भन्नेबारे आफूलाई केही थाहा नभएको बयान दिएका छन् ।
कार्कीले पुडासैनी साउन २० गते साढे ३ बजे १०२ नम्बरको कोठा बुक गराएर बसेको बताएका छन् । पछि साँझ ६ बजेतिर खानाको अर्डर लिएको उनलाई साढे ८ बजेतिर खाना खान बोलाउँदा नउठेको कार्कीले बयान दिएका छन् ।
उनको बयानमा भनिएको छ, ‘खाना खान बोलाउनलाई ढोका ढक ढक गरी धेरैपल्ट बोलाउँदा समेत नबोलेकाले वरपरका मानिस तथा प्रहरी समेतलाई बोलाई ढोका खोली हेर्दा निज शालिकराम पुडासैनी उक्त कोठाको सिलिङ पंखामा डोरीको पासो लगाइ झुण्डी मृत अवस्थामा देखेको हो । सो घटना के कसरी भयो थाहा भएन ।’
यस्तै सोही होटलमा कार्यरत महादेव खत्रीले पनि सोही व्यहोराको बयान दिएका छन् । उनको बयानमा भनिएको छ, ‘खाना खान बोलाउनलाई म तथा होटल साहु समेतले ढोका ढक ढक गरी धेरै पल्ट बोलाउँदा समेत नबोलेकाले वरपरका मानिस तथा प्रहरी समेतलाई बोलाई ढोका खोली हेर्दा निक उक्त कोठाको सिलिङ पंखामा डोरीको पासो लगाइ झ्ण्डी मृत अवस्थामा देखेको हो ।’
यता शालिकरामले आत्महत्याका लागि डोरी किनेको भनिएको पसलमा कार्यरत योगेन्द्र बहादूर सूर्यबंशीले शालिकरामले डोरी किनेर लगेको बयान दिएका छन् ।
भरतपुर २ पोखरा बसपार्कस्थित श्रेष्ठ ब्रदर्शमा कार्यरत उनले भनेका छन्, ‘मृतकले पासो लगाई झुण्डिएको भनि देखाएको डोरी निज मृतकले मैले काम गर्ने पसलबाट साउन २० गते अन्दानी साढे ३ बजेतिर किनेर लगेका हुन् । उक्त कुरा प्रहरीले पसलबाट बरामद गरेको सीसीटीभी फुटेजबाट समेत देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण