समायोजनमा जाने प्रहरीको बढुवा नहुने

काठमाडौं– सरकारले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्याएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक २०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताएका हुन् ।
उनले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने दाबी गरे । उनले समायोजनमा जाने प्रहरीका लागि दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको जानकारी गराए ।
बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट सशस्त्रमा लैजाँदा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठेपनि त्यो व्यवस्था विना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पास गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य