शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समायोजनमा जाने प्रहरीको बढुवा नहुने

सोमबार, ०९ भदौ २०७६, १४ : १५
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– सरकारले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्याएको छ ।  राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक २०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताएका हुन् ।

उनले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने दाबी गरे । उनले समायोजनमा जाने प्रहरीका लागि दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको जानकारी गराए ।

बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट सशस्त्रमा लैजाँदा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठेपनि त्यो व्यवस्था विना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पास गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप