बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुडासैनी मृत्यु प्रकरण : लामिछाने र कँडेलको बयान सकियो, थुनछेक बहस सुरु

सोमबार, ०९ भदौ २०७६, १३ : ०९
सोमबार, ०९ भदौ २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेलको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।  

सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो । 

उनीहरुको बयान सकिएलगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । 

थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।

सरकारले भदौ ८ गते लामिछानेविरूद्ध पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोगसहित जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप