वन विज्ञान अध्ययन संस्थानमा नेपाल बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौं– पोखरा महानगरपालिका वडा नंं–१५ वन विज्ञान अध्ययन संस्थानमा नेपाल बैंक लिमिटेडले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
पोखरा पृथ्वीचोक शाखा अन्र्तगत सञ्चालित विस्तारित काउण्टर र ए.टी.एम. को पोखरा महानगरपालिका वडा नंं–१५ का वडा अध्यक्ष प्रकाश पौडेल, नेपाल बैंक लिमिटेड गण्डकी प्रदेशिक कार्यालयका प्रमुख विनय केशरी पौड्याल, वन विज्ञान अध्ययन संस्थान पोखराका क्याम्पस प्रमुख भरत महतो र पृथ्वीचोक शाखाका शाखा प्रबन्धक निलुजा श्रेष्ठद्वारा संयुक्त रुपमा उद्घाटन भयो ।
वन विज्ञान अध्ययन संस्थान पोखराका प्रध्यापक तथा कर्मचारीहरु, स्थानीय उद्योगी व्यवसायिहरु, समाजसेवीहरु, बिभिन्न संघ सस्थाका प्रमुखहरु, साथै स्थानीय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको उक्त कार्यक्रमका बक्ताहरुले देशको पहिलो बैंक नेपाल बैंक सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइमा परेको बताएका थिए ।
हाल गण्डकी प्रदेशमा बिभिन्न २२ वटा शाखाहरु, १५ वटा ए.टी.एम. र ५ वटा एक्टेन्सन काउन्टरहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेकोमा निकट भविष्यमा अन्य विभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेको हँुदा बैंकले आफ्नो उपस्थितिलाई गण्डकी प्रदेशमा थप दरिलो बनाउदै लैजाने बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल