टाटाको गाडी खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा सेवा दिने

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित सिप्रदी ट्रेडिङ्ग बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त संस्था बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गबाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकको स्टल नं. ई२० बाट थप जानकारी पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित
-
आफ्ना तीन सन्तानका लागि सम्पत्तिको १ प्रतिशत मात्रै छाड्दैछन् बिल गेट्स