फोर्ब्स २०१९ः कमाईको शीर्ष स्थानमा छिन् यी नायिका, प्रियंका सूचीबाट बाहिर
बलिउड नायिका प्रियंका चोपडा र दीपिका पादुकोण सबैभन्दा धेरै कमाई गर्ने नायिकाको सूचीबाट बाहिरिएका छन् । सन् २०१८ मा पद्मावतपछि दीपिकाको कुनै पनि फिल्म रिलिज भएके छैन । यस्तै प्रियंका चोपडा पनि लामो समयदेखि बलिउड फिल्मबाट टाढा छिन् तर उनले ‘अ किड लाइक ज्याक’ र ‘इन्सेट इट रोमान्टिक’ नामको हलिउड फिल्ममा काम गरेकी थिइन् ।
यस वर्षपनि यो सूचीमा सबैभन्दा माथि हलिउड नायिका स्कारलेट जोहान्ससनको नाम छ । उनले सन् २०१८ मा पनि यो लिस्टमा पहिलो स्थान हासिल गरेकी थिइन् । स्कारलेट डिज्नी मार्वल स्टुडियोको नयाँ फिल्म ब्ल्याक विडोका लागि अत्यधिक पारिश्रमिक लिइरहेकी छिन् । गत वर्ष उनको कमाई लगभग ५६ मिलियन डलर अर्थात् लगभग चार सय करोड आँकलन गरिएको छ । यस्तै मोर्डन फ्यामिली स्टार सोफिया वर्गेराले दोस्रो स्थान हासिल गरेकी छिन् । उनी पछिल्लो एक वर्षमा ३१५ करोडको कमाई गर्न सफल छिन् ।
यस्तै, हलिउड स्टार रिज विदरस्पून पनि यो सूचीमा स्थान बनाउन सफल रहिन् । उनी यो सूचीमा २५० करोडको कमाईसँगै तेस्रो स्थानमा छिन् । यसबाहेक नायिका निकोल किडम्यान र जेनिफर एनिस्टन क्रमशः चौथो र पाँचौ स्थानमा छन् । किडम्यानले पछिल्लो वर्ष २४३ करोड र एनिस्टनले लगभग २०० करोडको कमाई गर्न सफल रहे ।
स्मरण रहोस्, यो सूचीमा कुनै पनि बलिउड नायिका समावेश छैनन् । यद्यपि, केही समयअघि जब फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने नायकको सूची जारी भएको थियो तब त्यो सूचीमा ४६६ करोडको कमाईसँग अक्षय कुमार चौथो स्थानमा थियो । यो सूचीमा दि रक अर्थात् ड्वेन जोनसन शीर्ष स्थानमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण