सुटिङ अघि नै सलमानको फिल्मले पायो १९० करोड भारु

संजय लिला भंसालीको फिल्म ‘इंशाल्लाह’ ती फिल्ममध्येको एक हो जसलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै फिल्म गर्दैछन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ लाई निकै रुचाइएको थियो । यसबाहेक सलमान खान र आलिया भट्ट यस फिल्ममार्फत् एक–अर्काको अपोजिटमा देखिनेछन् । फिल्मको निकै लामो समयदेखि चर्चा भइरहेको छ र यसबारे थप रोचक खबर सार्वजनिक भएको छ । फिल्मको थिएट्रिकल राइट्स (थिएटरमा देखाउने अधिकार) जुन मूल्यमा बेचिएको छ त्यो सुनेर तपाईं अचम्मित हुनुहुनेछ ।
रिपोर्टका अनुसार भंसालीले यो फिल्मको थिएट्रिकल राइट्स १६५ करोड भारुमा बेचेका छन् । यसबाहेक उनले प्रोमोशन र विज्ञापनका लागि २५ करोड भारु लिएका छन् । यसरी फिल्मको मूल्य १९० करोड भारु पुगेको छ । यो हेरेपछि फिल्मको डिजिटल र सेटलाइट राइट्सले पनि उच्च मूल्य पाउने आशा गरिएको छ ।
फिल्म सन् २०२० मा रिलिज हुनेछ र चाँडै नै यसको सुटिङ सुरु हुँदैछ ।
स्मरण रहोस्, भंसाली यो फिल्मलाई सलमान खानको प्रोडक्सन कम्पनी सलमान खान फिल्म्ससँग मिलेर बनाउने भएका छन् । फिल्मको झोलीमा सुरुमै यति ठूलो रकम आएपछि निर्माता निकै उत्साहित छन् । यो फिल्ममा सलमान खान एक व्यवसायीको भूमिकामा देखिनेछन्, यस्तै आलिया भट्ट फिल्ममा संघर्षरत नायिकाको भूमिका देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग
-
नेपाल र नेपालीको स्वतन्त्रता र संवैधानिक व्यवस्थाप्रति सुरक्षा निकाय प्रतिबद्ध छ : राष्ट्रपति
-
शंखमुलमा शव फेला
-
यी हुन् एक हजार दर्शक पनि नपाएका ११ नेपाली फिल्म
-
पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : गगन थापा
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि