इन्द्रचोकमा सांसदको पाकेटमारी !
सोमबार, ०९ भदौ २०७६, ११ : ३५
१
काठमाडौं– राजधानीको इन्द्रचोकबाट सांसद भावना सुवेदीको पाकेटमारी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बरथहवा घर भई हाल राजधानीको मैतीदेबि बस्ने १९ वर्षीय निश्चल थिङ रहेको प्रहरीले जनाएको छ ।
चितवन निवासी सांसद भावना काम विशेषले गत साउन २६ गते इन्द्रचोक जाँदा भिडभाडमा थिङले सुबेदीले साथमा बोकेको झोलाबाट नगद ७ हजार ३००, परिचय पत्र एटीएम कार्ड, लगायत अन्य महत्वपूर्ण कागजातहरु समेत चोरेर फरार भएका थिए ।
सुवेदीले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा गौशालाबाट पक्राउ गरेको हो ।
उनीबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।