नेकपाको सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालयमा बस्दै
काठमाडौँ । पार्टी एकीकरणको १५ महिना पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बस्दैछ ।
तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता हुँदा दुवै अध्यक्षले पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति भएपनि प्रचण्डले अहिलेसम्म त्यस्तो अवसर पाएका थिएनन् ।
बैठक सोमबार (आज) ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक २ घण्टा अगाडि सरेको छ । नेकपामा यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको थियो । तर, आजको बैठक पार्टी कार्यालयमा पहिलो पटक बस्न लागेको हो ।
बैठकले महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुङ्गाउने भएको छ । यस्तै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली सिंगापुरमा उपचार गराईरहेका छन् । सचिवालय बैठक बस्नु अघि कार्यकारी अधिकार पाएका प्रचण्डले अन्य तहका नेताहरुसँग पनि भेटघाट र छलफल गरेका थिए ।
प्रधानमन्त्री उपचारका लागि भदौ ५ गते सिंगापुर जानुभन्दा केही घण्टा अगाडि त्यसै दिन बसेको नेकपाको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेर सांगठनिक एकता र अन्य निर्णयहरू गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण