शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालयमा बस्दै

सोमबार, ०९ भदौ २०७६, १० : ४०
सोमबार, ०९ भदौ २०७६

काठमाडौँ । पार्टी एकीकरणको १५ महिना पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बस्दैछ ।

तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता हुँदा दुवै अध्यक्षले पालैपालो बैठकको अध्यक्षता गर्ने सहमति भएपनि प्रचण्डले अहिलेसम्म त्यस्तो अवसर पाएका थिएनन् ।

बैठक सोमबार (आज) ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ । यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक २ घण्टा अगाडि सरेको छ । नेकपामा यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको थियो । तर, आजको बैठक पार्टी कार्यालयमा पहिलो पटक बस्न लागेको हो ।

बैठकले महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुङ्गाउने भएको छ । यस्तै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली सिंगापुरमा उपचार गराईरहेका छन् । सचिवालय बैठक बस्नु अघि कार्यकारी अधिकार पाएका प्रचण्डले अन्य तहका नेताहरुसँग पनि भेटघाट र छलफल गरेका थिए ।

प्रधानमन्त्री उपचारका लागि भदौ ५ गते सिंगापुर जानुभन्दा केही घण्टा अगाडि त्यसै दिन बसेको नेकपाको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेर सांगठनिक एकता र अन्य निर्णयहरू गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप