बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत् क्याबिनेट बैठक बस्दै

सोमबार, ०९ भदौ २०७६, १० : २९
सोमबार, ०९ भदौ २०७६

काठमाडौँ । नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।

नेपालको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत बैठक बस्न लागेको हो ।

बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले नै गर्ने भएका छन् ।

नेपालका लागि यो नयाँ प्रयोग भएको मन्त्रीहरुले बताएका छन् ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो । विगतमा यस्तो परम्परा थिएन ।

लामो समययता मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सिंगापुर बसाई लम्बिने भएको छ । प्रधामन्त्री ओली बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले  सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप