बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा एकको मृत्यु

सोमबार, ०९ भदौ २०७६, १० : २६
सोमबार, ०९ भदौ २०७६

चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 स्कुटर र स्कुटर चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप