शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छुरा प्रहार गरी हत्या

सोमबार, ०९ भदौ २०७६, १० : २३
सोमबार, ०९ भदौ २०७६

सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । 

स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए । 

घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका वहावको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी निरीक्षक पोखरेलले बताए । 

छुरा प्रहार गर्ने मुर्ताजलेसमेत बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप