मिलानलाई उडिनेसको धक्का
सोमबार, ०९ भदौ २०७६, १० : ०४

इटालियन सिरी ‘ए’ को बलियो टोली एसि मिलानलाई लिगको पहिलो खेलमै उडिनेसको नराम्रो धक्का लागेको छ । आइतबार राति भएको खेलमा मिलान उडिनेससँग १–० गोलले पराजित भयो ।
उडिनेसको जितमा रोड्रिगो बेकाओले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । उडिनेसको घरेलु मैदानमा मिलान फिका देखिएको थियो ।
मिलानले खेलभर गोलगर्न लायक राम्रो अवसर बनाउन नसक्दा हारबाट सिजनको सुरुवात गरेको छ । जितसँगै उडिनेसले तीन अंक बटुलेको छ ।
इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार रातिनै भएका अन्य खेलमा ब्रेसियाले काग्लियरीलाई १–०, टोरिनोले ससौलोलाई २–१, एट्लान्टाले एसपीएएललाई ३–२ तथा लाजियोले साम्पडोरियालाई ३–० गोलले हराएको छ ।
एस रोमा र जिनोआले ३–३ तथा भेरोना र बोलोग्नाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।