बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेइमारविनै पीएसजी विजयी

सोमबार, ०९ भदौ २०७६, ०९ : ३२
सोमबार, ०९ भदौ २०७६

स्टार स्ट्राईकर नेइमारविनै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टोउलुसलाई ४–० गोलले हरायो । यस खेलमा अर्का स्टारद्वय केलियन एमबाप्पे र इडिन्सन काभानी घाईते भएका थिए । काभानीले खेलको १४औं मिनेटमा चोटका कारण मैदान छाडे । एमबाप्पे पनि दोस्रो हाफमा थाईको चोट बोक्दै बाहिरिए ।

एन्जल डी मारिया पेनाल्टीमा चुकेपनि पीएसजी जित निकाल्न सफल भयो । पीएसजीले ५०औं मिनेटमा खाता खोलेको थियो । ईरिक म्याक्सिम चौपो मोटिङले सुरुवाती गोल गरेका थिए । ५५औं मिनेटमा टोउलुसका म्याथ्यु कोन्काल्वेसले आत्मघाती गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो । मोटिङले ७५आंै मिनेटमा ब्यक्तिगत दोस्रो गोल थपे । ८३औं मिनेटमा मार्किन्होसले गोलगर्दै पीएसजीलाई सजिलै जिताए । नेइमार पीएसजी छाडेर स्पेनिस क्लब बार्सिलोना या रियल म्याड्रिड जाने हल्ला चलिरहेका कारण उनलाई टोलीमा खेलाईएको छैन । जितसँगै पीएसजीले तीन खेलबाट ६ अंक बनाएको छ । टोउलुसको समान खेलबाट चार अंक छ ।

आइतबार रातिनै भएको अर्को खेलमा रेनेसले स्टार्सबर्गलाई २–० गोलले हरायो । रेनेसको जितमा क्लेमेन्ट ग्रनियरले १४औं एम्बाय नियाङले ५४औं मिनेटमा गोल गरे । लिगमा लगातार तेस्रो जित हात पारेको रेनेस नौ अंकसहित शीर्ष स्थानमा छ । स्टार्सबर्गले दुई अंक जोडेको छ । अर्को खेलमा मोनाको र निम्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप