शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगी लामखुट्टे नष्ट गर्न काठमाडौँ महानगर घरघर पुग्ने

सोमबार, ०९ भदौ २०७६, ०७ : ०७
सोमबार, ०९ भदौ २०७६

काठमाडौँ महानगरपालिका तथा उपत्यकाभित्र फैलिरहेको डेंगी नियन्त्रण गर्न काठमाडौँ महानगर घरघरमा पुग्ने भएको छ ।

महानगरले प्रभावित टोलका घरघरमा पुगेर डेंगी सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन घरदैलो अभियान चलाउने जनाएको छ ।

महानगर स्वास्थ्य विभागले डेंगी संक्रमण भइसकेपछि खास औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्न र डेंगी लामखुट्टेको वृद्धि रोक्ने अभियान चलाउन लागेको हो ।

अभियान पहिलो चरणमा सोमबारदेखि काठमाडौँ महानगरपालिकाको शोभाभगवती क्षेत्रमा डेंगी फैलाउने एडिस एजिप्टाइ लामखुट्टेको लार्भा नष्ट गर्ने तरिका सिकाउने र टोली आफैंले लामखुट्टको लार्भा खोजी गरेर नष्ट गर्ने जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप