बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब सिंहदरबारभित्रै परम्परागत शैलीको आधुनिक संसद् भवन

सोमबार, ०९ भदौ २०७६, ०६ : २७
सोमबार, ०९ भदौ २०७६

केही वर्षपछि सांसदहरूले भाडाको भवनमा बैठक बस्नुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले सिंहरदबारभित्र तीन वर्ष्भित्र निर्माण सम्पन्न हुने गरी प्रतिनिधिसभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने भवन निर्माण गर्ने भएको छ ।

पहिलो संविधानसभाको निर्वाचनपछि हालसम्म सांसदहरू नयाँ बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको भवनमा बैठक बस्दै आएका छन् । सिंहदरबारभित्र बन्ने नयाँ संसद् भवनको निर्माण सम्पन्न भएसँगै भाडाको भवन प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो ।

सरकारले भवन निर्माणका लागि आवेदन दिएका निर्माण कम्पनीको छनोटअन्तर्गत मूल्यांकनको काम गरिरहेको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद दवाडीले मूल्यांकनको काम धमाधम भइरहेको र अब चाँडै भवन निर्माण सुरु हुने बताए । यो समाचार आजको राजधानी दैनिकमा  टेनिस रोकाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप