शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसडर बने स्वस्तिमा खड्का र प्रदीप खड्का

आइतबार, ०८ भदौ २०७६, १९ : ४९
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– टिभिएस मोटर कम्पनीले आज लोकप्रिय स्टार स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसडर अनुमोदन गरेको छ । 

टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्सद्वारा ब्राण्ड एम्बेसडरको घोषणा गरेको हो । जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ मा विशेष प्रविधि प्लयाटफर्म –टिभिएस स्मार्टजोनेक्ट छ । र यो नेपालमै पहिलो कनेक्टेड स्कुटर हो । यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको छ र यसमा स्टेट–अफ–आर्ट सिभिटिआई–आरईभीभी३  भल्भ इन्जिन रहेको छ ।  

एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनल बिजनेस अफ टिभिएस मोटर कम्पनीका आर दिलिपले भने, ‘हामीले अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्राण्ड चाडैं नेपालमा सबैभन्दा तीव्र गतीमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको छ । स्टार स्वस्तिमा र प्रदीप देशको युवा आकांक्षाको प्रतिक हुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्नेछ ।’

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अनुमोदनको घोषणा गर्दै भने, ‘हाम्रो लोकप्रिय ब्राण्ड–टिभिएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । हामीले उनीहरुसँगको यात्रा अद्भुत रहने आशा गरेका छौं ।’

अभिनेत्री स्वस्तिमा खड्काले टिभिएस मोटर कम्पनीसँगको यात्रा गत वषदेखि नै मजबुत भइरहेको र आफ्नो मनपर्ने सवारी टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर हुन पाउँदा खुसी लागेको बताइन् ।

त्यसैगरी प्रदीप खड्काले स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । उनले यो आखाँ लोभ्याउने नवयुवा स्कुटर भएको र यसको स्मार्ट विशेषता र पर्फमेन्सको अनुभव लिन निकै उत्सुक भएको बताए ।

टिभिएस एनटर्क १२५ मा नयाँ जेनेरेशनको सिभिटिआई–आरईभीभी १२४.७९सीसी सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल एसओएचसी इन्जिन रहेको छ । इन्जिनमा भएको थप भल्भहरुले प्रदर्शन उच्च बनाउन मद्दत गर्दछ र एक्जस्ट नोटमा साथ प्रति घण्टा ९५ किलो मिटरको उच्च गति दिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप