काठमाडौँ महानगर प्रमुख र ढाका नगर प्रमुखबीच भेटवार्ता
काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र बङ्गलादेशको ढाका नर्थ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद आतिकुल इस्लामबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा प्रमुख शाक्यले बङ्गलादेश र नेपालबीचको सांस्कृतिक र रहनसहनमा समानता रहेको उल्लेख गरे । दुई देशबीच रहेका समानता नै आपसी हित प्रवद्र्धनका आधार भएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय शहरसँगको सम्बन्धबाट कामपाले शहरी विकासका आयाम र शहरी व्यवस्थापनका थप सीप सिकिरहेको उनले बताए। उनले भने, ‘महानगरले सिकेको ज्ञान र सीपबाट नागरिकको जीवनमा प्रत्यक्ष लाभ पुग्ने विश्वास छ ।’
बङ्गलादेश भलिबल महासङ्घका अध्यक्षसमेत रहेका प्रमुख इस्लामले आगामी दिनमा खेलकूदले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
ढाका नर्थ सिटी कर्पोरेशनले भोगेका कतिपय अनुभव काठमाडौँका लागि असल सिकाइ हुन सक्ने उनले बताए ।
आफ्नो नगरका समस्या र प्रबन्ध गरेका समाधानका उपाय अध्ययन गर्दा कामपाले त्यस्तै खालका समस्या भोग्नु नपर्ने उनले बताए । उनले भने, ‘फोहर पानी प्रशोधन, घरेलु फोहोर व्यवस्थापन, शहरी योजनाका विषयमा हामी आफ्नो भोगाइ देखाउन र बुझाउन सक्छौँ ।’
नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्तेले नेपाल र बङ्गलादेश दुवै देशको शहरी यातायात व्यवस्थापनको समस्या उस्तै रहेको बर्ताए ।
बङ्गलादेशमा हरियो भन्ने ठाउँ नै सकिन लागे पनि काठमाडौँमा त्यो अवस्था आइनसकेकाले समयमा नै सोच्नुपर्नेमा उनको जोड थियो ।
गत सोमबारदेखि शनिबारसम्म लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा सम्पन्न एशियाली स्तरको भलिबल प्रतियोगिताका लागि प्रमुख इस्लाम नेपाल आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सुकुमबासीलाई जग्गा दिँदा कति मासिन्छ वन क्षेत्र ?
-
आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ