शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधवनारायणमा १ हजार परिवारलाई सोलार वितरण

आइतबार, ०८ भदौ २०७६, १९ : ३९
आइतबार, ०८ भदौ २०७६

रौतहट– रौतहटको पूर्वी भेग माधवनारायण नगरपालिका अन्तर्गत एकहजार परिवारलाई सोलार वितरण गरिएको छ । माधवनारायण नगरपालिकामा एक विशेष कार्यक्रमको आयोजना गरी  मेयर वीरेन्द्र यादवले सोलार बत्ति वितरणको शुभारम्भ गरेका थिए । 

नगरपालिकाका वडा नं १ देखी ९ सम्मका एक हजार घरपरिवारलाई बत्ति बल्ने सोलार वितरण गर्ने काम भइरहेको नगर प्रमुख यादवले बताएका छन् ।  उर्जा मन्त्रालय अन्तर्गत रहेका वैकल्पिक उर्जा केन्द्रले उपलब्ध गराएको झण्डै एक करोड रुपैयाँ लागतको एक हजार थान  सोलार वितरण गरिरहेको हो ।

 सीएफएल बत्ती बल्ने र २० वाट क्षमता भएको सोलारले रातभर चारवटा बत्ति बल्न सक्ने मेयर यादवले बताए ।  रातमा विद्युत लाईन नहुने समयमा अध्याँरो नहोस् भन्ने उद्देश्यका साथ सोलार वितरण कार्य गरिरहेको मेयर यादवको भनाई छ । 
  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप