शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली उड्डयन क्षेत्रलाई भारत र चीनको सहयोग

आइतबार, ०८ भदौ २०७६, १९ : ३१
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते देखि ७ गतेसम्म काठमाडौँमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयनलाई सहयोग गर्ने बताएका जानकारी दिएको हो ।

नेपाली वायु सेवाले युरोपको आकाशमा उडान भर्न नपाई रहेको बेला छिमेकी चीनका अधिकारीले चीनको आकाशमा नेपाली जहाज उड्न सक्ने आश्वसन दिएका हुन् । नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको विभिन्न क्षेत्रमा उडान भरिरहेको दृष्टान्त दिँदै चिनियाँ अधिकारीहरुले नेपाली वायुसेवाले हवाई सुरक्षाको सबै मापदण्ड पुरा गरेकोले प्रतिबन्ध लगाइरहनु नपर्ने बताएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । छलफलमा चिनियाँ अधिकारीले युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउन चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि महानिर्देशक पोखरेलले बताए ।

यस्तै छलफलमा भारतीय अधिकारीहरुले नेपालको हवाई ट्राफिकलाई व्यवस्थापन गर्न हवाई रुट र होल्डिङ्ग एरिया उपलब्ध गराउन सकिने बताएको पनि प्राधिकरणले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यस्तै निकट भविष्यमा सञ्चालनमा आउन लागेको गौतमबुद्ध बिमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाका विमानले अवतरणको समयमा केही भारतीय भू–भाग पनि छुने हुँदा के गर्ने भन्ने समस्या थियो यसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिँदै तत्काल  समस्या नहुने बताएको छ । पत्रकार सम्मेलनमा महानिर्देशक पोखरेलले भारतीय पक्षको आश्वसनले ठुलो समस्या हल भएको बताए ।

यस्तै दक्षिण कोरियाका अधिकारीले पनि नेपाल दक्षिण कोरिया जान नेपाली वायु सेवाले अवसर पाउन सक्ने बताएको छ । नेपालको हवाई उड्डयन सुरक्षामा कुनै समस्या नरहेको भन्दै प्रक्रियागत रुपमा सेफ्टी अडिट गरेर अगाडी जान सकिने कोरियाली अधिकारीले प्रतिबद्धता जनाएको पनि महानिर्देशक पोखरेलले जानकारी दिए ।

काठमाडौँमा ५ दिन चलेको सम्मेलनमा ३६ देशका प्रतिनिधिहरु सहभागी थिए । सम्मेलनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप