बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्स्योरेन्सले बोनश जारी गर्ने

आइतबार, ०८ भदौ २०७६, १८ : ४७
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने भएको छ ।  सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको आइतबार बसेको ७० औं साधारणसभा हालको चुक्ता पूँजीको ७ दशमलव पाँच बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब एक करोड ९१ लाख ३ हजार ८ सय ३२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीले चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२ पु¥याउने प्रस्ताव पारित पनि गरेको छ ।

साधारणसभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप