समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा यादव मनोनित
रौतहट– समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवासंघको केन्द्रीय अध्यक्षमा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव मनोनित भएका छन । ललितपुरको सातदोबाटोस्थित याक्थुङ चुमलुङ सभाहलमा आज आयोजित किराँत नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोष्णासभाले समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा राज्यमन्त्री यादवलाई चएन गरेको हो ।
समाजवादी पार्टीका अन्य भातृ संगठनहरु समाजवादी महिला संघ नेपाल, समाजवादी विद्यार्थी युनियन, समाजवादी युवा संघ, संघीय समाजवादी खेलकुद महासंघ लगायत विभिन्न भातृ संगठनहरुवीच आज एकता भएको छ ।
एकतापछि आईतबार बसेको बैठकले नयाँ नाम राखिएको समाजवादी युवा संघको अध्यक्षमा राज्यमन्त्री एवम् प्रदेश सांसद योगेन्द्र यादवलाई सर्वसमतिबाट चयन गरिएको छ । त्यस्तै संघको उपाध्यक्षमा असलम खान र सदस्यहरुमा सनोज यादव, नवनीत मिश्र, पशुपति यादव, मुक्तिनाथ यादव र रेनुराज सिंह चयन भएको राज्यमन्त्री यादवका स्वकीय सचिव कमलेश यादवले जानकारी दिए ।
एकता घोष्णासभामा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भटराई, अर्का अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा