बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजश्व चुहावट नियन्त्रणका लागि प्रदेश र स्थानीय तहको ऐन बनाउन सुझाव

आइतबार, ०८ भदौ २०७६, १५ : ४६
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्वसम्बन्धी संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आईतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उद्योग व्यवसायीले यस्तो सुझाव दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापति अशोककुमार तोदीले स्थानीय तहले पनि राजश्व संकलनको अधिकार पाएकाले संघीय ऐनअनुसार प्रदेश र स्थानीय तहमा पनि भन्सार ऐन, अन्तशुल्क ऐन, आयकर ऐन र मूल्य अभिवृद्धि ऐनहरु बनाउनुपर्ने सुझाव दिएका हुन् ।

उनले नियन्त्रणमुखी समाज निर्माण भन्दा पनि काम गर्दै जादा सहज वातावरण बनाउने तर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे । २०५२ साल देखिनै उद्योगहरुले विभिन्न किसिमका मार खेपिरहेको उल्लेख गर्दै राजश्व चुहावटभन्दा पनि राजश्व संकलन किन भएन भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए ।

समितिले आईतबार राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०७५ माथि छलफल गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप