शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेडियो नेपालमा कलाकारले गाए ‘प्रेमगीत ३’ को शीर्ष गीत

आइतबार, ०८ भदौ २०७६, १५ : २६
आइतबार, ०८ भदौ २०७६

काठमाडौं– एक समय रेडियो नेपालको स्टुडियो नदेखेको गायकनै हुँदैन किनभने सो समय अधिकांश गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड हुन्थ्यो । त्यसका लागि पनि छुट्टै स्वर परीक्षण पनि गराउनुपथ्र्याे । पछिल्लो समय नेपालमा थुप्रै डिजिटल रेकडिङ स्टुडियोको विकासले रेडियोको स्टुडियोमा गीत रेकर्ड गराउनेको संख्यामा कमि हुन थाल्यो ।

रेडियोको स्टुडियोमा गीत रेकर्ड गराउदा गर्नुपर्ने विभिन्न झन्झट ब्यहोर्नुभन्दा बाहिर रेकर्ड गराउन मानिसले सहज ठान्न थाले । तर निर्माणको तयारीमा रहेको फिल्म ‘प्रेमगीत–३’ को शिर्ष गीत भने रेडियो नेपालमा  रेकर्ड गरिएको छ । निर्माण युनिटले गीतलाई रेडियो नेपालको सवैभन्दा ठूलो रेकर्डिङ स्टुडियो  लगभग ८० जना बाद्यबाधक, कलाकारहरुको सहभागितामा रेकर्ड गरिएको छ ।

फिल्मको शीर्ष गीत कलाकार शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायतको सामुहिक आवाजमा रेकर्ड गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । रेडियो नेपालमा उपलब्ध रेकडिङ क्वालिटी अन्य काही पनि नभएकोले गतिको क्वालिटीको लागि रेडियोको स्टुडियोमा रेकर्ड गरिएको निर्माता सेनले खुलाए ।

आकेष्ट्रा सहितको बाद्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले समेत आवाज दिएका छन् । राजेश कुमारको शब्द रहेको उक्त गीत एलिश कार्कीले संगीत गरेका हुन् । 
आगामी असोजबाट छायांकनमा जाने ‘प्रेमगीत–३’ मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् । फिल्म नयाँ वर्षको छेको पारेर चैत २८ गते प्रदर्शनमा ल्याउने निर्माण युनिटले जानकारी दियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप