केन्द्रीय संस्करण

मेक्सिकोमा अनलाइन प्रमुखको छुरा प्रहार गरी हत्या

person explore access_timeभदौ ८, २०७६ chat_bubble_outline0
file photo

टोलुका– मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।

मेक्सिकोका सरकारी वकिलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ । 

प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।  तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए । उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए । 

सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ । 

मेक्सिकोमा अधिकांश हत्याका घटनाको ठोस अनुसन्धान र दोषीमाथि कारबाही विरलै हुने गरेको छ । –एएफपी
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...