बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नासाले थाल्यो अन्तरिक्षमा गरिएको पहिलो अपराधको अनुसन्धान

आइतबार, ०८ भदौ २०७६, १४ : १२
आइतबार, ०८ भदौ २०७६

एजेन्सी । नासाले एक जना अन्तरिक्षयात्रुले अलग बसिरहेका आफ्नो श्रीमानको बैंक खाता अनुचित रुपमा खोलेको आरोपमाथि अनुसन्धान सुरु गरेको छ । यसबारे परेको मुद्दालाई अन्तरिक्षबाट गरिएको पहिलो गैराकानुनी कार्यको आरोप बताइएको छ । 

नासाकी अन्तरिक्षयात्री एन म्याकक्लेनले अनुसन्धानदातासँग आफूले अन्तरिक्षबाट बैंक एकान्ट खोलेको स्वीकार गरेकी छिन् । 

नासाले सबै महिलामात्र रहने अन्तरिक्ष पैदल यात्राको तयारीको क्रममा ६ महिना अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहँदा म्याकक्लेनले बैंक खोलेको थिइन् । 

म्याकक्लेनका श्रीमान पूर्व हवाई गुप्चतर अधिकृत समर वोरडेन हुन् । यो मुद्दा वोरडनले नै संघीय व्यापार आयोगमा हालेका थिए । पैसा स्थानन्तरण वा खर्च नगरेको भए पनि वोरडेनले म्याकक्लेनलाई ‘पहिचान चोरी’को आरोप लगाएका छन् । 

त्यसपछि वारडेनका अभिभावकले म्याकक्लेनमाथि नासाको आईजी कार्यालयमा अर्को मुद्दा पनि दायर गरेका छन् । 

त्यसमा म्याकक्लेनले वोरडेनको नीजि वित्तीय रेकर्डमा अनुचित रुपमा प्रवेश गरेको र ‘अत्यन्त मिहिन र प्रभावकारी अभियान संचालन गरेर’ वोरडेनका छोरामाथि अधिकार पाउन खोजेको आरोप लगाएका छन् । 

अन्तरिक्ष यात्री म्याकक्लेनका वकिल रस्टी हारडिनले संचारकर्मीसँग कुरा गर्दा आफ्नो क्लाइन्टले ‘ कुनै प्रकारको अनुचित कार्य गरेको कुराको खण्डन गरेको ’ तर मुद्दा अनुसन्धानमा ‘पूर्ण रुपमा सघाउने ’ बताए । 

वकिल हारडिन म्याकक्लेनले टाढिएका आफ्नो श्रीमानको खाताको निगरानी गर्नुको कारण वोरडेनको संरक्षकत्वमा रहेको छोराको सकुसलताको प्रत्याभूत गर्नु भएको बताए । एकान्ट खोल्नको लागि म्याकक्लेनले सम्बन्ध सहज रहँदा दुईले प्रयोग गरेको पासवर्ड प्रयोग गरेका थिए ।  

समर वोरडेनले न्युयोर्क टाइम्ससँग कुरा गर्दै म्याकक्लेन त्यो हदसम्म अघि जालिन भनेर नसोचेको बताइन् । ‘उनले जे गरिन् । त्यो ठीक होइन,’ वोरडेनले भने ।

वोर्डेन र म्याकक्लेनबीच सन् २०१४ मा विवाह भएको थियो र म्याकक्लेनले आफूमाथि वोरडेनले हिंसा गरेको आरोप लगाएपछि सन् २०१८ मा वोर्डेन आफैले सम्बन्धविच्छेदको मुद्दा हालेका थिए । 

वोर्डेनले भने छोराको संरक्षकत्व हासिल गर्नको म्याकक्लेनले योजनावद्ध रुपमा यस्तो आरोप लगाएको बताएकी छिन् । 

सम्बन्धविच्छेद प्रक्रिया चलिरहँदा, म्याकक्लेन अन्तरिक्ष गइन् र त्यसपछि वोरडेनले बैंक एकाउन्ट अनुचित रुपमा हेरिएको थाहा पाए । 

नासाका अधिकारीले आफूहरुलाई अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा भएको कुनै पनि गैरकानुनी कार्यबारे जानकारी नभएको बताएका छन् । 

नासाकी प्रवक्ता मेगन सम्नरले महिलामात्रको अन्तरिक्ष पैदल यात्रा रद्द हुने कारणमा म्याकक्लेनमाथि लागेको आरोपको कुनै सम्बन्ध नभएको बताइन् र यस प्रकरणमा थप टिप्पणी गर्न चाहिनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप