शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

आइतबार, ०८ भदौ २०७६, १३ : १३
आइतबार, ०८ भदौ २०७६

काठमाडौँ । हाल सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । 

भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा उपचार प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको चिकित्सकहरुले बताउँदै आइरहेका छन् । मिर्गौलामा बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउनु पर्ने र सोही अनुसार गरिएको बताए ।  
चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने छ । प्रधानमन्त्रीको उपचारको यो प्रक्रिया शुक्रबार पहिलोपटक थालिएको छ ।  कति पटकसम्म गर्नुपर्ने हो निश्चित भने भइसकेको छैन ।    

प्रधानमन्त्रीको १२ वर्ष पहिला मिगौला प्रत्यारोपण गरिएको थियो । 

भदौ ५ गते पुन सिंगापुर गएका ओली भदौ २० गते फर्कने बताइएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप