प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ : सचिवालय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले सिंगापुरमा स्वास्थ्य उपचार भइरहेको सचिवालयले जनाएको छ ।
स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिंगापुर गएका ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको चिकित्सकहरुले बताउँदै आइरहेका छन् । मिर्गौलामा बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउनु पर्नेछ ।
चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने छ । प्रधानमन्त्रीको उपचारको यो प्रक्रिया शुक्रबार पहिलोपटक थालिएको छ । कति पटकसम्म गर्नुपर्ने हो निश्चित भने भइसकेको छैन ।
प्रधानमन्त्रीको १२ वर्ष पहिला मिगौला प्रत्यारोपण गरिएको थियो ।
भदौ ५ गते पुन सिंगापुर गएका ओली भदौ २० गते फर्कने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
-
साफ महिला च्याम्पियनसिप : फाइनलको टिकट एन्फा आफैले बिक्री गर्ने
-
रवि लामिछानेलाई रिहा गर्न रास्वपाको दबाब, बालुवाटारमा प्रदर्शन
-
गृह मन्त्रालय र आन्दोलनरत रुबी खानबिच ३ बुँदे सहमति, आन्दोलन स्थगित
-
प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन चिकित्सक संघको आग्रह
-
पाण्डे र तिम्सेनामाथिको कारबाहीमा ‘ब्रेक’, अन्तरिम आदेश कुर्दै एमाले