एनआरएन युरोप संयोजक शिवकुमार बरुवालले सचिवमा उम्मेदवारी दिने

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएन) का युरोप संयोजक शिवकुमार वरुवालले आगामी निर्वाचनमा सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् ।
एनआरएनको विश्व सम्मेलन अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
गैरआवासीय नेपाली संघको युरोप संयोजकको हैसियतले २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका बरुवालले अभियानलाई अझ समृद्ध र सुदृढ बनाउँदै अपनत्व हुने गरि नीति तथा कार्ययोजना अगाडि ल्याउन आफूले उम्मेदवारी दिने निचोडमा पुगेको वताए ।
गैरआवासीय नेपाली संघको अभियानमा शुरु देखिनै सकृय बरुवाल एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै सँस्थामा निरन्तर लागेका छन् ।
२००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य, २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य, सन् २०१७–२०१९ मा युरोप संयोजकको जिम्मेवारी सफलतापूर्वक समालेको अनुभव उनीसँग छ ।
उनले युरोप संयोजकको जिम्मेवारी समाले लगत्तै माल्टा र स्लोभाकियाका संघको शाखा विस्तार गरेका थिए ।
१९ वर्ष देखी बेल्जियमा बसोबास गर्दै आएका बरुवाल त्यहाँस्थित नेपाली संघसँस्थामा लोकप्रिय मानिन्छन् । उनले दर्जन भन्दा बढी संघसँस्थामा बसेर काम गरेका छन् ।
उनी आफ्नो व्यापारका अतिरिक्त परोपकारी काममा समेत सकृय छन् । उनले बिभिन्न समाजिक संघसँस्था मार्फत नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम समेत गरेका छन् ।
उनले बेल्जियममा डिपार्टमेन्टस्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर संचालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प