शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

आइतबार, ०८ भदौ २०७६, ०९ : ४४
आइतबार, ०८ भदौ २०७६

बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।  
    
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।
 
थारुको घटनास्थलमै मृत्यु भएको थियो । बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप